टाटा टियागो.ईभिमा अहिलेसम्मकै आकर्षक अफर घोषणा

टाटा टियागो.ईभिमा अहिलेसम्मकै आकर्षक अफर घोषणा

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले टाटा टियागो.ईभिका लागि अहिलेसम्मकै आकर्षक योजना सार्वजनिक गर्दै “ग्रेटेस्ट अफर अल टाइम” अफर घोषणा गरेको छ ।

विशेष सुविधाले भरिएको यो अफर अन्तर्गत ग्राहकहरूले सवारी खरिदसँगै आकर्षक पुरस्कार, ठूलो नगद छुट तथा प्रिमियम सेवाहरू प्राप्त गर्न सक्नेछन्। यस अफरको मुख्य आकर्षणअन्तर्गत ग्राहकले तीन उत्कृष्ट उपहार विकल्पमध्ये कुनै एक बाली भ्रमण जोडीका लागि, आइफाेन १७ प्राे म्याक्स, वा सबैभन्दा ठूलो नगद छुट रोज्न सक्नेछन् ।

योजनामा थप रूपमा सर्वश्रेष्ठ एक्सचेन्ज मूल्य, जीवनभरका लागि डीसी फास्ट चार्जिङ सुविधा, एक वर्षको सवारी कर, निःशुल्क एक्सेसरीज, तथा फ्री होम चार्जर इन्स्टलेसन जस्ता मूल्यवान सुविधाहरू समेटिएका छन्। यी सुविधाले ग्राहकलाई थप सहज र भरपर्दो अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ।

नेपाली बजारमा लोकप्रिय रूपमा स्थापित टाटा टियागो.इभि आधुनिक डिजाइन, उत्कृष्ट प्रदर्शन र किफायती सञ्चालन खर्चका कारण धेरै ग्राहकको प्राथमिकता बन्न सफल भएको छ। किफायती मूल्य र सहरी क्षेत्रको लागि उपयुक्त टाटा टियागो.इभि सुरूवाती मुल्य २७ लाख ४९ हजार रहेको छ।

Skip This
Skip This
Logo