कटहरिया नगरपालिका तत्कालिन सात कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

कटहरिया नगरपालिका तत्कालिन सात कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

केन्द्रबिन्दु
15
Shares

रौतहट । रौतहटको कटहरिया नगरपालिकाले सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पुर्याएको आरोपमा तत्कालिन सात कर्मचारी तथा एक संस्थामाथि अख्तियारले विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा नगरसभाले बजेट स्वीकृत नै नगरेको अवस्थामै सरिता फाउण्डेसनको नाममा पाँच लाख रुपैयाँको चेक काटिएको र मिलेमतोमा रकम हिनामिना गरिएको पाइएको हो ।

आयोगले अनियमित तरिकाले भुक्तानी लिई–दिई नगरपालिकालाई ९ लाख ९८ हजार ९२१ रुपैयाँ बराबरको आर्थिक क्षति पुगेको ठहर गरेको छ । कटहरिया नगरपालिका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, सहायक लेखापाल विवेक कुमार सहनी, सहायक पाँचौँ स्तरका कर्मचारी राम नरेश प्रसाद यादव, कम्प्युटर अपरेटर उमेश कुमार दास, खरिदार कौशल किशोर चौधरी लगायत ७ कर्मचारी विरुद्ध मुद्दा दायर गरिएको आयोगले जारी गरेको विवरणमा उल्लेख छ ।

त्यसैगरी काठमाडौँस्थित सरिता फाउण्डेसन तथा सो संस्थाकबी निर्देशक सरिता कुमारी साह विरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको कसुरमा ९ लाख ९८ हजार ९२१ रुपैयाँ बिगो असुल गर्न माग गरिएको छ ।

Skip This
Skip This
Logo