काठमाडौं । नेपाली टायल उद्योगमा अग्रणी ब्रान्ड लामिनार भिट्रिफाईड टायल्सले “लामिनार–मेरो सपनाको घर” शीर्षकमा नेपालकै पहिलो कोठा तथा बाथरूम मेक–ओभर अभियान सार्वजनिक गरेको छ।
ब्रान्डका अनुसार अभियानको सिर्जनात्मक नेतृत्व मिस नेपाल २०१६ तथा इन्टेरियर डिजाइनर अस्मी श्रेष्ठले गरिरहेकी छिन्। यस अभियानमार्फत दुई विजेता परिवारले आफ्नै घरको एक कोठा र एक बाथरूमको पूर्ण रूपान्तरण नि:शुल्क पाउनेछन्। अभियानलाई सफल बनाउन लामिनारले मेटलउड फर्निचर, काेहलर स्यानीटरीवेयर, ब्रिलियन्ट लाइटिङ तथा इम्पाेरिस फर्निसिङ जस्ता इन्टेरियर तथा लाइफस्टाइल ब्रान्डहरूसँग सहकार्य गरेको छ।
सहभागी हुन इच्छुकहरूले ३० सेकेन्डदेखि ३ मिनेटभित्रको भिडियो बनाएर आफ्नो कोठा वा बाथरूमलाई किन रूपान्तरण गर्न आवश्यक छ भन्ने कुरा बताएर सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्नेछ। प्राप्त भिडियोहरूको मूल्यांकन कथन, आवश्यकता, सिर्जनात्मकता र संलग्नताको आधारमा गरिनेछ।
विजेताले प्रिमियम सामग्री, पूर्ण इन्टेरियर डिजाइन सेवा, सम्पूर्ण कार्यान्वयन र फोटो–भिडियो अभिलेखीकरण पाउनेछन्। भिडियो पठाउने अन्तिम मिति २०२६ जनवरी २ र विजेता घोषणा २०२६ जनवरी ७ तोकिएको छ।
कम्पनीका अनुसार अभियानले राम्रो इन्टेरियर प्रविधि र सन्तुलित डिजाइनको संयोजनमार्फत नेपाली घरपरिवारलाई थप आकर्षक र उपयोगी बसोबास अनुभव दिलाउने लक्ष्य लिएको छ।































प्रतिक्रिया