प्रभु बैंकका सीईओ अशोक शेरचनलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

प्रभु बैंकका सीईओ अशोक शेरचनलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । प्रभु बैंकका कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन जनामाथि थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ ।

उच्च अदालत पाटनले सीईओ शेरचन, डेपुटी सीईओ मणिराज पोखरेल, प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठमाथि थप ५ दिन अनुसन्धान गर्न म्याद थपेको हो । शेरचन मंसिर १४ गते आइतबार पक्राउ परेका थिए ।

बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनमाथि सीआईबीले कर्जा अपचलन सम्बन्धी मुद्दामा अनुन्धान गरिरहेको छ ।

Logo