काठमाडौं । साताको कारोबारको पहिलो दिन आज (आइतबार)सुनको मूल्य दुई हजार दुई सय रुपैयाँले बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन, आज २२ सय रुपैयाँले बढेर दुई लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएकाे हो ।
त्यस्तै, चाँदीको मूल्य ८० रुपैयाँले घटेर प्रतितोला तीन हजार आठ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।





























प्रतिक्रिया