टुकुचाको पानी पिउन मिल्ने बनाउने अभियान अघि बढ्यो

टुकुचाको पानी पिउन मिल्ने बनाउने अभियान अघि बढ्यो

फोहर पानी प्रशोधन केन्द्रको निर्माण कार्य तीव्र

केन्द्रबिन्दु
33
Shares

काठमाडौँ । टुकुचा खोलालाई स्वच्छ र प्रयोगयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र निर्माणको काम तीव्र रूपमा अघि बढाइएको छ । नेपाल सरकारको सहरी विकास मन्त्रालयअन्तर्गत रहेको बागमती सभ्यता एकीकृत विकास उच्चस्तरीय समितिमार्फत बागमती नदी बेसिन सुधार आयोजना–अतिरिक्त वित्तीय सहयोग अन्तर्गत यो आयोजना सञ्चालनमा छ ।

एसियाली विकास बैंक (ADB) को ऋण सहयोगमा करिब १ अर्ब ५२ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको यो परियोजना ८ जुन २०२२ बाट सुरु भई ५ जुन २०२५ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजना ५ वर्षसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ । परियोजनाको ठेक्का Passavant–Kalika–SNET–JV ले लिएको छ भने परामर्शदाता EPTISA SERVICIOUS DE INGENIERIA S.L सहितको संयुक्त टोली रहेको छ।

केही दिनअघि सहरी विकास मन्त्री कुलमान घिसिङले आयोजनास्थलको निरीक्षण गर्दै निर्माण कार्यको प्रगति, गुणस्तर र समय व्यवस्थापनबारे जानकारी लिएका थिए। निरीक्षणका क्रममा उनले कामलाई निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका थिए।

टुकुचा खोलामा बग्ने ढल र फोहर पानीलाई प्रशोधन गरी वातावरणमैत्री बनाउँदै खोलाको प्राकृतिक स्वरूप पुनःस्थापना गर्ने उद्देश्यसहित आयोजना अघि बढाइएको हो। आयोजनाले टुकुचा खोला आसपासको पर्यावरणीय सन्तुलन सुधार, दुर्गन्ध नियन्त्रण र शहरी जीवनस्तर उकास्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

Skip This
Skip This
Logo