काठमाडौं। शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ लाख ५८ हजार ४०० रूपैयाँमा किनबेच भइरहेको छ, जुन बिहीबारको मूल्य २ लाख ६० हजार ४०० रुपैयाँको तुलनामा २ हजार रूपैयाँ कम हो।
यस्तै, चाँदी प्रतितोला ४ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ, जुन बिहीबारको मूल्य ४ हजार ८० रुपैयाँको तुलनामा ७५ रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४,३२४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।































प्रतिक्रिया