काठमाडौँ। लामो समयदेखि सुस्ताएको घरजग्गा बजार मङ्सिरमा अचानक तातियो। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार ५१ हजार ६३२ नयाँ घरजग्गा किनबेच हुँदा ४ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
कारोबारमा यो बृद्धि सरकारको भू–उपयोग नियमावली संशोधन र कित्ताकाट खुला भएपछि रोकिएका कामहरू अघि बढ्न थालेपछि आएको हो। व्यवसायीहरूले भने, “मङ्सिर महिनामा जग्गा हेर्न सजिलो र खेतीपाती सकिएपछि खरिद सहज भएकाले कारोबार बृद्धि भएको हो।”
कित्ताकाट खुलेपछि बजार चलायमान भएको छ। बैंकिङ नीतिमा सहजता थपिए कारोबार दोहोर्रेबढ्ने निश्चित भएको नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु घिमिरेले बताएका छन् ।
काठमाडौँ बाहिरको तराई जिल्लाहरू झापा, बाँके र सुनसरीमा घरजग्गा कारोबारमा अग्रस्थानमा छन्। उपत्यकाका कलंकी, ललितपुर, चावहिल, भक्तपुर र डिल्लीबजार कार्यालयहरूले समेत उल्लेखनीय राजस्व सङ्कलन गरेका छन्।
यो बृद्धिले व्यवसायी र सर्वसाधारणमा नयाँ उत्साह जगाएको छ । लामो समयको सुस्त बजारपछि हालसालको कारोबारले घरजग्गा बजारमा नयाँ रौनक ल्याएको कारोवार गर्नेहरु बताउँछन् ।





























प्रतिक्रिया