काठमाडौं । एनआईसी एशिया बैङ्क लिमिटेडको नाममा रहेका बैङ्किङ सम्पत्तिहरू, गैर बैङ्किङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाइन पोर्टल सार्वजनिक गरिसकिएको छ।
बैङ्कले सञ्चालनमा ल्याएको यस अनलाइन पोर्टल मार्फत बैङ्कले लिलाम बिक्री गर्ने सम्पत्तिहरू सम्बन्धी सम्पूर्ण सूचनाहरूको बारेमा विस्तृत जानकारी समेटिएको छ। यसको लागि ग्राहकहरूले लिलाम बिक्री सम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी आउने पोर्टल भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नं. तथा क्षेत्रफल सहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेसन) पहिचानका लागि गुगल म्याप सहितका विविध जानकारीहरू प्राप्त गर्न सकिने बैङ्कले जनाएको छ।
यसरी ग्राहकहरूले बैङ्कले लिलाम बिक्रीमा राखिएको सम्पत्तिको सम्बन्धमा खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था बैङ्कले गरेको छ।





























प्रतिक्रिया