काठमाडौं
चालू आर्थिक वर्षको अन्त्य सम्ममा निजी र सार्वजनिक गरी कुल २१४.२८ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोडिने भएको छ । निर्माणको अन्तिम चरणमा आइपुगेका कुल २२ वटा आयोजना मध्ये हालसम्म ९२.५३ मेगावाट विद्युत राष्ट्रिय ग्रिडमा आबद्ध भइसकेको छ । विद्युत विकास विभागका महानिर्देशक नवीनराज सिंहका अनुसार बाँकी ११२.२५ मेगावाट बराबरका नौ वटा आयोजना यही आर्थिक वर्षको अन्त्य सम्ममा पूरा हुनेछन् ।
झन्डै १० वर्षको अवधि लगाएर ३० मेगावाटको चमेलिया पछिल्लोपटक गत फागुनमा ग्रिडमा जोडिएको थियो । चालु आवमा पूरा भएका र हुने आयोजना सूची मध्ये चमेलिया सबैभन्दा ठूलो हो । विद्युत प्राधिकरणले निर्माण गरेको चमेलियाको प्रतिमेगावाट लागत ५५ करोड रुपैयाँ छ । विभागका अनुसार २५ मेगावाटको काबेली बी, २१.६ मेगावाटको तल्लो हेवा, २० मेगावाटको तल्लो मोदिखोला, १४ मेगावाटको कुलेखानी तेस्रो, १३.६ मेगावाटको थापाखोला, १३ मेगावाटको मदक्यु खोला आयोजना पनि यही आर्थिक वर्ष भित्र सम्पन्न हुने सूचिमा छन् । बाँकी आयोजना १० मेगावाट भन्दा कम क्षमताका छन् ।
हाल सञ्चालनमा रहेका जलविद्युत आयोजनामा नेपाल विद्युत प्राधिकरणका विभिन्न १८ वटा आयोजनाको क्षमता ५००.३६२ मेगावाट, निजी क्षेत्रबाट सञ्चालित ५४ वटा आयोजनाको कुल क्षमता ४७१.४६५ मेगावाट गरी ९७१.८२७ मेगावाट पुगेको छ । विभागका अनुसार हालसम्म ७२ वटा आयोजनाले विद्युत उत्पादन गरिरहेका छन् ।
आगामी वर्ष भने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको माथिल्लो तामाकोसी (४५६ मेगावाट) सहित ६०२ मेगावाट बिजुली प्रणालीमा आउने भएको छ । माथिल्लो ताामाकोसी सार्वजनिक निजी साझेदारी अन्तर्गत बनिरहेको छ । यसैगरी गत वर्ष प्रणालीमा ११६.५९ मेगावाट बिजुली आबद्ध भएको थियो । जसमा चिनियाँ लगानीको माथिल्लो मस्र्याङ्दी ए (५० मेगावाट) सबैभन्दा ठूलो थियो ।
अन्नपूर्णबाट































प्रतिक्रिया