काठमाडौं । सुकेधारा हाइट्समा अवस्थित पाँच तारे होटल मर्क्याेर काठमाडौंले नयाँ वर्षको पूर्वसन्ध्यालाई अविस्मरणीय बनाउन विशेष अफरहरु ल्याएको छ ।
होटलले एकल र जोडीहरूलाई लक्षित गर्दै ‘न्यू इयर्स इभ सेलिब्रेसन’ नामक विशेष अफर सार्वजनिक गरेकाे हाे । यदि तपाईं वर्षको अन्तिम दिनलाई विशेष बनाउन खोज्दै हुनुहुन्छ भने, ३१ डिसेम्बरको साँझ होटल मर्क्याेर तपाईंका लागि उपयुक्त विकल्प हुन सक्छन् ।
होटलको मुख्य आकर्षणमध्ये एक, डायन मल्टी कुजिन रेष्टुरेन्टले न्यू इयर्स इभमा एकल र जोडी दुवैलाई सम्बोधन गर्दै ‘ल्याबिस बफेट’ को माध्यमबाट उत्कृष्ट बनाउने लक्ष्य राखेको छ । यहाँका अफरहरू एकल, जोडी र परिवारलाई सम्बोधन गर्दै डिजाइन गरिएका छन् । एकल व्यक्तिले मात्र ५ हजार ९ सय ९९ रुपैयाँ तिरेर यो सुविधाको मज्जा लिन सक्नेछन् भने जोडीले १० हजार ५ सय रुपैयाँमा यो सुविधाको मज्जा लिन सक्नेछन् ।

यो प्याकेजमा स्वादिष्ट र विविधतापूर्ण बफेट, जसमा नेपाली, भारतीय, चाइनिज र कन्टिनेन्टल व्यञ्जनहरूको मिश्रण हुनेछ । यसका साथै लाइभ म्यूजिकले तपाईको साँझलाई अझैँ जीवन्त बनाउनेछ । त्यस्तै बालबालिकाहरूका लागि विशेष ‘किड्स मेन्यू’ पनि उपलब्ध गरिएको छ । थप आकर्षणका रूपमा, प्रत्येक व्यक्तिले एक ग्लास ककटेल वा मकटेलको मज्जा लिन पाउने छन् । यो अफर साँझ ७ बजेदेखि मध्यरातसम्म उपलब्ध हुनेछ ।
त्यस्तै, यदि तपाईं खुला आकाशमुनि नयाँ वर्षको उत्सव मनाउन चाहनु हुन्छ भने, होटलको रुफ टप स्केप तपाईंको लागि उत्कृष्ट गन्तव्य हुनेछ । यो अफर शुक्रबार लक्षित भए पनि यस वर्ष ३१ डिसेम्बर बुधबार पर्ने भएकाले होटलले यस दिनलाई विशेष बनाएको छ ।
खुला आकाशमुनि नयाँ वर्षको उत्सव मनाउन चाहने एकल व्यक्तिले यस दिन ३ हजार ९ सय ९९ रुपैयाँ र जोडीले ५ हजार ९ सय ९९ रुपैयाँ तिरेर अनलिमिटेड स्टाटरहरू र लाइभ म्यूजिकको मज्जा लिन सक्ने छन् । यो अफर साँझ ७ बजेदेखि राति १ बजेसम्म चल्नेछ ।

त्यसैगरी भारतीय व्यञ्जन प्रेमीहरूका लागि होटलको इन्डियन स्पेसिलिटी रेष्टुरेन्टले विशेष ‘सेट मेन्यू’ तयार पारेको छ । यो अफरको मज्जा लिन चाहनेले ६ हजार ९ सय ९९ रुपैयाँ र जोडीमा भने १२ हजार ५ सय रुपैयाँ तिरेर भारतीय क्लासिक व्यञ्जन बटर चिकन, नान, दाल मखनी र विभिन्न करीहरूको स्वाद लिन सक्नेछन् ।
यसका साथै गजल संगीतको लाइभ प्रस्तुति पनि हुनेछ । यो अफर पनि साँझ ७ बजेदेखि मध्यरातसम्म उपलब्ध छ ।































प्रतिक्रिया