युनिक प्लास्टिक उद्योगले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल

युनिक प्लास्टिक उद्योगले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । हेटौंडा उपमहानगरपालिका वडा नं. ८ स्थित औद्यौगिक क्षेत्रमा रहेको युनिक प्लास्टिक उद्योग लिमिटेडले सर्वसाधारणलाई जारी पूँजीको २० प्रतिशतका दरले प्रति शेयर अंकित मूल्य रु. १००।– मा आइपीओ निष्काशन गर्ने तयारी गरेको छ ।

कम्पनीले ७,५०,००० कित्ता शेयर निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । आज बुधवार नेपाल लाइफ क्यापिटल लिमिटेड कमलपोखरी स्थित कार्यालयमा सम्पन्न एक कार्यक्रमका बीच कम्पनीले नेपाल लाइफ क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

सम्झौता पत्रमा युनिक प्लास्टिक उद्योग लिमिटेडका तर्फबाट अध्यक्ष हरि बहादुर बस्नेत तथा नेपाल लाइफ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री मनिष घिमिरे हस्ताक्षर गरेका छन् ।

Skip This
Skip This
Logo