काठमाडौं । एनआईसी एशिया बैंकको संचालक समितिको अध्यक्ष पदमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको ७४४औं बैठकले आजकै मितिदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरेको हो ।
अग्रवालसँग नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव छ । नवनियुक्त अग्रवालले आजै नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन् ।
बैंकको अध्यक्ष जस्तो गरिमामय पदमा नियुक्त उनले नेपालको बैंक, वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुका साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पुर्याएका छन् ।
उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालिन योजनामा विश्वास राख्नुहुने उनको कार्यकालमा महत्त्वपूर्ण उपलब्धिहरु हासिल गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै सफलताको थप उचाई प्राप्त गर्नुको साथै बैंकलाई प्रतिष्ठाको नयाँ शिखरमा पुर्याउने दृढ विश्वास बैंकले छ ।































प्रतिक्रिया