पारामाउन्ट मोटर्सको ‘इलेक्ट्रिफाइङ न्यू इयर २०२६’ एक्सचेन्ज योजना सार्वजनिक

पारामाउन्ट मोटर्सको ‘इलेक्ट्रिफाइङ न्यू इयर २०२६’ एक्सचेन्ज योजना सार्वजनिक

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । एमजी र आइएम मोटर्सको आधिकारिक आयातकर्ता तथा वितरक पारामाउन्ट मोटर्स प्रालिले ‘इलेक्ट्रिफाइङ न्यू इयर २०२६’ विशेष एक्सचेन्ज योजना सार्बजनिक गरेको छ ।

यस योजना अन्तर्गत एमजी र आइएमक इलेक्ट्रिक सवारी साधनहरूको खरिदमा ग्राहकले आकर्षक फाइदा लिन सक्नेछन् ।

यस सीमित अवधिको एक्सचेन्ज अफरमा ग्राहकले पुरानो सवारी साधन साट्दा चार लाख रुपैयाँसम्मको फाइदा पाउन सक्नेछन् । साथै, उत्कृष्ट मूल्यांकन, एक्सचेन्ज बोनस, सहज फाइनान्स सुविधा, निशुल्क एक्सेसरी तथा तत्काल डेलिभरी जस्ता सुविधा पनि उपलब्ध छन् । यो अफर एमजी र आइएमका इलेक्ट्रिक मोडलहरूमा लागू हुनेछ र ग्राहकहरूले देशभरका आधिकारिक एमजी शोरूमहरूमा गई यो अफर लिन सक्नेछन् ।

नयाँ वर्षको अवसरमा ल्याइएको यस योजनामार्फत एमजीले विद्युतीय सवारीलाई अझ सहज र पहुँचयोग्य बनाउने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ । इभी मोडलहरू प्रतिको बढ्दो लोकप्रियता भएको समयमा आफ्नो सर्वाधिक रुचाईएका माडेलहरू मार्फत ग्राहकहरूलाई विशेष सुविधा दिने हेतुले यो अफर डिसेम्बर २५ देखि सुरु हुनेछ । थप जानकारीका लागि ग्राहकहरुले नजिकको आधिकारिक शोरूममा सम्पर्क गर्न सक्नेछन् ।

यो अफर डिसेम्बर २५ देखि शुरु हुनेछ ।

Logo