हुन्डाई नेपालले ल्यायो ‘विन्टर डिलाइट’ अभियान

हुन्डाई नेपालले ल्यायो ‘विन्टर डिलाइट’ अभियान

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेपालमा हुन्डाई गाडीका आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले “हुन्डाई विन्टर डिलाइट” अभियान सुरु गरेको छ।

२५ डिसेम्बर २०२५ देखि चल्ने यस अभियानमा हुन्डाई गाडीसँग नयाँ वर्षको सुरुवात गर्ने ग्राहकहरुलाई सिमित अवधिका लागि विविध आकर्षक छुट तथा विशेष सुविधाहरु उपलब्ध गराइनेछ। यस “विन्टर डिलाइट” अभियान अन्तर्गत, ग्राहकहरुले रु. ५ लाखसम्मको छुट र छानिएको मोडलहरूमा रु. १ लाख सम्मको नया वर्ष बोनस प्राप्त गर्न सक्नेछन्। यसका साथै, १ वर्षको नि:शुल्क बीमा सेवा र नि:शुल्क सडक करको पनि लाभ लिन सकिनेछ।

हुन्डाईका सबै गाडीहरूमा ३ वर्षको वारेन्टी, हाई-भोल्टेज ब्याट्रीमा ८ वर्षको वारेन्टी र ६ वर्षको नि:शुल्क सर्भिसिङ उपलब्ध छ, जसले गुणस्तर, विश्वसनीयता र ग्राहक सन्तुष्टिप्रतिको हुन्डाईको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।

Logo