हायात प्लेस बुटवलः छोटो समयमै सेवाग्राहीको रोजाइमा

हायात प्लेस बुटवलः छोटो समयमै सेवाग्राहीको रोजाइमा

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । बुटवलस्थित ‘हायात प्लेस’ले सञ्चालनको दुई महिनामै सेवाग्राहीको उल्लेख्य साथ पाएको जनाएको छ । आफ्नो विशिष्ट अवस्थिति र गुणस्तरीय सेवाका कारण छोटो समयमै सेवाग्राहीको साथ पाउन सफल भएको होटलको भनाई छ।

होटलकी मार्केटिङ एण्ड कम्युनिकेसन म्यानेजर सिमरन सापकोटाका अनुसार प्रकृति र अध्यात्मको संगममा रहेको यस होटललाई लुम्बिनी, पोखरा र चितवन जस्ता सहरसँगको सहज पहुँचका कारण सेवाग्राहीले रुचाएका छन्।

काठमाडौंबाट नजिकको हवाई दूरीमा रहेको यो होटल अहिले यात्रुहरूको मुख्य संगम स्थल बनेको उनको दाबी छ। आगामी दिनमा थप स्तरीय अनुभव प्रदान गर्दै आन्तरिक तथा बाह्य पर्यटकका लागि पहिलो रोजाइको गन्तव्य बन्ने लक्ष्य होटलले लिएको छ।

Skip This
Skip This
Logo