रुपन्देहीमा आठ लाख ७१ हजार बराबरको अवैध सामान बरामद

रुपन्देहीमा आठ लाख ७१ हजार बराबरको अवैध सामान बरामद

केन्द्रबिन्दु
15
Shares

देवदह। जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले दुई दिनमा करिव ८ लाख बराबरको अवैध सामान बरामद गरेको छ । यही पुस १९ र २० गते जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरी पैठारी गरिएका अन्दाजी रु आठ लाख ७१ हजार बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

अवैध सामान, ल्याउन प्रयोग गरिएका सवारीसाधन र संलग्न व्यक्तिलाईसमेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय र भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए ।

Skip This
Skip This
Logo