चिसोका कारण पश्चिम नवलपरासीमा २० क्विन्टल बैखी माछा मरे

चिसोका कारण पश्चिम नवलपरासीमा २० क्विन्टल बैखी माछा मरे

केन्द्रबिन्दु
27
Shares

पाल्हीनन्दन। अत्यधिक चिसोका कारण (बर्दघाट सुस्ता पश्चिम)नवलपरासीमा माछा पर्न थालेका छन् ।

पाल्हीनन्दन गाउँपालिका–४ स्थित कृष्णबहादुर सहानीले चिसोका कारण माछा जोगाउन नसकेको बताए । उनले १० वर्षदेखि छ बिघामा व्यावसायिक माछापालन गर्दै आएका छन् ।

उनका अनुसार लामो समयसम्म शीतलहरका कारण माछा पोखरीको तापक्रम घटेपछि माछा मर्न थालेका हुन् । चिसो कारण माछाले दाना पनि खान छोडेको उनको भनाइ छ ।

प्रतापपुर गाउँपालिका–२ का भवानी शङ्कर यादवले पनि १६ बिघामा व्यावसायिक रूपमा माछापालन गर्दै आएका छन् । अत्यधिक चिसोका कारण २० क्विन्टल बैखी माछा मरेको उनले बताए ।

Skip This
Skip This
Logo