सालपा विकास बैंकको आईपीओ बाँडफाँटः ९ जना भाग्यशालीले प्राप्त गरे ११ कित्ता

सालपा विकास बैंकको आईपीओ बाँडफाँटः ९ जना भाग्यशालीले प्राप्त गरे ११ कित्ता

केन्द्रबिन्दु
3
Shares

काठमाण्डौं । सालपा विकास बैंक लिमिटेडको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट आज सम्पन्न भएको छ । बैंकले सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरिएको हो ।

बैंकले पुस १६ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १४ लाख ३९ हजार १७९ कित्ता साधारण शेयर निष्कासन गरेको थियो, जसको कुल मूल्य १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँ रहेको छ । उक्त आईपीओमा २३ लाख २ हजार ८४३ जना लगानीकर्ताले २ करोड ५९ लाख ३४ हजार ९३० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए । जसमध्ये २२ लाख ६५ हजार ९५५ आवेदन स्वीकृत भएको बैंकले जनाएको छ भने बाँकी आवेदन रद्द भएका छन् ।

निष्कासन गरिएको शेयरभन्दा माग अत्यधिक भएपछि गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँट गरिएको हो । बाँडफाँटका क्रममा १ लाख ४३ हजार ९१७ जना लगानीकर्ताले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । बाँकी रहेको ९ कित्ता शेयर पनि सोही लगानीकर्तामाझ बाँडफाँट गरिएको छ । यस क्रममा ९ जना भाग्यशाली आवेदकले थप १ कित्ता सहित कुल ११ कित्ता शेयर प्राप्त गरेका छन् ।

Skip This
Skip This
Logo