मित्सुबिशी पजेरो फर्किँदै ? २०२६ मा नयाँ पुस्ताको विश्व डेब्युको संकेत

मित्सुबिशी पजेरो फर्किँदै ? २०२६ मा नयाँ पुस्ताको विश्व डेब्युको संकेत

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । एक समय विश्वकै प्रतिष्ठित अफरोड एसयूभीको रूपमा चिनिएको मित्सुबिशी पजेरो पुनरागमनको नजिक पुगेको संकेत देखिएको छ। सन् २०१९ मा जापानमा उत्पादन बन्द भएपछि इतिहासमै सीमित हुने ठानिएको पजेरो अब नयाँ पुस्तासहित २०२६ मै फर्किन सक्ने अड्कल बलियो बन्दै गएको छ ।

मित्सुबिशीको -यालीआर्ट मोटरस्पोर्ट डिभिजनले सार्वजनिक गरेको हालैको टिजर भिडियोले पजेरोको उत्तराधिकारी हुन सक्ने नयाँ एसयूभीको झलक दिएको छ। एशिया क्रस कन्ट्री -याली (AXCR) २०२५ मा मित्सुबिशीको जितको उत्सवका क्रममा सार्वजनिक भिडियोमा “नयाँ चुनौती सुरु भइसकेको छ” भन्ने सन्देशले २०२६ सिजनका लागि ट्राइटनको स्थान नयाँ एसयूभीले लिने संकेत दिएको छ ।

विश्लेषकहरूका अनुसार यही नयाँ एसयूभी नै पजेरोको पाँचौँ पुस्ता हुन सक्ने सम्भावना प्रबल छ। भिडियोको अन्त्यमा देखिएको सिलुएट ट्राइटनभन्दा फरक, बक्सी डिजाइन र मित्सुबिशीको चिनारी बनेका टी–आकारका हेडलाइटसहित प्रस्तुत गरिएको छ ।

नामको विषयमा पनि ठूलो परिवर्तन हुन सक्ने चर्चा छ। ‘पजेरो स्पोर्ट’ हटाएर सिधै ‘पजेरो’ नाम फर्काउने तयारीमा मित्सुबिशी रहेको अष्ट्रेलिया र जापानका मिडियाले दाबी गरेका छन्। युरोप र अष्ट्रेलियामा हालै देखिएका क्यामुफ्लाज परीक्षण युनिटहरूले १३ वर्षपछि पजेरो नाम पुनरागमनको संकेत थप बलियो बनाएका छन्।

जापानमा पजेरो उत्पादन हुन्थ्यो भन्ने पुरानो कारखाना अब बन्द भइसकेकाले नयाँ पजेरो थाइल्याण्डमा ट्राइटनसँगै उत्पादन हुने अनुमान छ। पावरट्रेनतर्फ ट्राइटनकै २.४ लिटर टर्बोडिजेल इन्जिन प्रयोग हुने सम्भावना छ, जसले करिब २०४ पीएस शक्ति उत्पादन गर्छ।

यदि यी संकेतहरू वास्तविकतामा परिणत भए, मित्सुबिशी पजेरोले विश्व बजारमा ऐतिहासिक कमब्याक गर्नेछ र अफरोड एसयूभी सेग्मेन्टमा पुनः बलियो दाबेदारी प्रस्तुत गर्नेछ ।

Logo