मर्सिडिज डिजाइन, जिली प्रविधिः स्मार्ट ३३ ईभी नेपाली बजारमा प्रवेश

मर्सिडिज डिजाइन, जिली प्रविधिः स्मार्ट ३३ ईभी नेपाली बजारमा प्रवेश

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । विश्वप्रसिद्ध मर्सिडिज–बेन्ज डिजाइन नेटवर्कबाट तयार पारिएको र जिलीको ग्लोबल इन्जिनियरिङ प्लेटफर्ममा विकास गरिएको नयाँ पुस्ताको इलेक्ट्रिक भेइकल स्मार्ट ३३ अब नेपाली बजारमा औपचारिक रूपमा उपलब्ध भएको छ। सीजी मोटर्सले परीक्षण चरणपछि यो गाडी बिक्रीका लागि सार्वजनिक गरेको हो।

कुपे–स्टाइल डिजाइन बोकेको स्मार्ट ३३ मा साइबर स्पाक्र्स एलईडी हेडलाइट, फ्रेमलेस डोर र आकर्षक साइड लोगो जस्ता प्रिमियम फिचर समेटिएका छन्। स्पोर्टी च्यासिस ट्युनिङ, ५०ः५० तौल सन्तुलन र उच्च गतिमा पनि छोटो ब्रेकिङ दूरी यसको ड्राइभिङ विशेषता हुन्। ५.५ मिटरको न्यूनतम टर्निङ रेडियसले यसलाई सहरमैत्री बनाएको छ ।

इन्टेरियरतर्फ १३ स्पिकरको बिट्स अडियो सिस्टम, १० इन्च हेड–अप डिस्प्ले, ९.२ इन्च एचडी इन्स्ट्रयुमेन्ट क्लस्टर र १२.८ इन्च सेन्ट्रल टचस्क्रिनले टेक–लोडेड अनुभव दिन्छ ।

२०० किलोवाट मोटर र ६६ किलोवाट–आवर ब्याट्रीसहित आएको स्मार्ट ३३ ले सिंगल चार्जमा ध्ीत्ए अनुसार ४५५ किलोमिटर र ल्भ्म्ऋ अनुसार ५३० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। डीसी फास्ट चार्जरबाट ३० मिनेटभन्दा कम समयमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने सुविधा छ। इको, कम्फर्ट र स्पोर्ट गरी तीन ड्राइभिङ मोड उपलब्ध छन्।

सुरक्षामा ३६० डिग्री क्यामेरा, एड्भान्स्ड ड्राइभिङ असिस्ट, लेन चेन्ज असिस्ट, ब्लाइन्ड स्पट डिटेक्सन, बहु–एयरब्याग, किलेस इन्ट्री र एन्टी–थेफ्ट इमोबिलाइजर जस्ता फिचर समावेश गरिएको छ ।

नेपाली बजारमा स्मार्ट ३३ प्रो प्लस र प्रिमियम गरी दुई भेरिएन्टमा उपलब्ध छ। यसको मूल्य क्रमशः १ करोड र १ करोड १५ लाख रुपैयाँ तोकिएको छ। प्रिमियम डिजाइन, शक्तिशाली प्रविधि र लामो रेन्जको संयोजनसहित स्मार्ट ३३ ले नेपालको ईभी सेग्मेन्टमा नयाँ मापदण्ड सेट गर्ने अपेक्षा गरिएको छ।

Skip This
Skip This
Logo