सुनको मूल्य अहिलेसम्मकै उच्च, चाँदी पनि बढ्यो

सुनको मूल्य अहिलेसम्मकै उच्च, चाँदी पनि बढ्यो

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ लाख ७८ हजार रुपैयाँ पुगेको छ । मंगलबार तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार बढेर हालसम्मकै उच्च मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबार १० ग्राम सुनको मूल्य नै २ लाख ३८ हजार ३४० रुपैयाँ पुगेको छ ।

यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ५ हजार ३४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर ५ हजार ६५५ रुपैयाँ कायम भएको हो।

Skip This
Skip This
Logo