बर्जु दुर्घटना पीडितपरिवारलाई १२ लाख क्षतिपूर्ति

बर्जु दुर्घटना पीडितपरिवारलाई १२ लाख क्षतिपूर्ति

केन्द्रबिन्दु
30
Shares

इनरुवा। गत बिहीबार भोक्राहा नरसिंह गाउँपालिका–९ सोनियाहीमा भएको ट्रक दुर्घटनामा ज्यान गुमाएका पाँच परिवारलाई क्षतिपूर्तिस्वरुप रु १२ लाख प्रदान गरिने भएको छ ।

ट्रक दुर्घटनामा बर्जु गाउँपालिका–१ गुरुङ बस्तिका ५ जनाको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालयमा क्षतिपूर्ति बापत ट्रक र मार्बल ब्यवसायीले रु ११ लाख र गाउँपालिकाले रु एक लाख प्रदान गर्ने सहमति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।

क्षतिपूर्ति उपलब्ध हुने सुनिश्चित भएपछि आज शव बुझ्ने सहमति भएको छ । प्रतिमृतक रु १२ लाख प्रदान गर्ने सहमति भएको हो ।

Skip This
Skip This
Logo