नेपाल बैंक र ब्ल्याक हर्स इन्डस्ट्रिजबीच सम्झौता

नेपाल बैंक र ब्ल्याक हर्स इन्डस्ट्रिजबीच सम्झौता

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेपाल बैंक र ब्ल्याक हर्स इन्डस्ट्रिजबीच सम्झौता भएको छ ।

उक्त सम्झौताअनुसार नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई काठमाडौंको नागार्जुनमा रहेको जुत्ता उत्पादन उद्योग ब्ल्याक हर्स इण्डष्ट्रिज प्रालिले उत्पादन र बिक्री गर्ने गरेको ‘ब्ल्याक हर्स’ ब्राण्डका विभिन्न किसिमका जुत्ताहरुको खरिद गर्दा लाग्ने शुल्कमा बिल रकममा १० देखि २० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।

सम्झौता पत्रमा बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र ब्ल्याक हर्स इण्डष्ट्रिज प्रालिको तर्फबाट प्रबन्ध निर्देशक चिनबहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यसबाट नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुले ब्ल्याक हर्स इण्डष्ट्रिज प्रालिद्वारा उत्पादित ब्ल्याक हर्स ब्राण्डका जुत्ताहरु देशभर रहेका विक्रेताहरुबाट खरिद गर्दा सुपथ मूल्यमा खरिद गर्न सक्नेछन् ।

Skip This
Skip This
Logo