६ महिनामा नेपाल भित्रिए ५ हजारभन्दा बढी ईभी, पुसमा मात्रै १२ सय युनिट आयात

६ महिनामा नेपाल भित्रिए ५ हजारभन्दा बढी ईभी, पुसमा मात्रै १२ सय युनिट आयात

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) प्रतिको आकर्षण बढ्‍दाे देखिएको छ। चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो ६ महिना (साउनदेखि पुस मसान्तसम्म) मा कुल ५ हजार ७१ युनिट विद्युतीय कार, जिप र भ्यान नेपाल भित्रिएका छन्।

भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार, पुस महिनामा मात्रै १ हजार २७३ युनिट ईभी आयात भएका छन्। यसअघि मंसिर मसान्तसम्म कुल ३ हजार ७९८ युनिट ईभी नेपाल भित्रिएका थिए।

यस अवधिमा ५० किलोवाट सम्मका १ हजार ५८५ युनिट ईभी नेपाल भित्रिएका छन् । यस्तै, ५१ देखि १०० किलोवाट सम्मका ३ हजार १७ युनिट, १०१ देखि २०० किलोवाट सम्मका ४६३ युनिट र २०१ देखि ३०० किलोवाट सम्मका ६ युनिट ईभी नेपालमा आयात भएको भन्सार विभागले जनाएको छ ।

मंसिर महिनाको तुलनामा पुसमा सबै समूहको आयातमा वृद्धि देखिएको छ। विशेष गरी ५१ देखि १०० किलोवाट क्षमताका ईभीको माग बजारमा उच्च रहेको तथ्यांकले देखाएकाे छ । नेपालमा भित्रिने विद्युतीय सवारीसाधनको मुख्य स्रोत देश चीन देखिएको छ।

Skip This
Skip This
Logo