सुनले बनायो नयाँ रेकर्ड, अहिलेसम्मकै उच्च मूल्य

सुनले बनायो नयाँ रेकर्ड, अहिलेसम्मकै उच्च मूल्य

केन्द्रबिन्दु
72
Shares

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाली बजारमा आइतबार दुई हजार चार सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च बनेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख ३ हजार ८ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य तोलामा तीन लाख एक हजार ४ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला ६ हजार १९० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ६ हजार ४८० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

Skip This
Skip This
Logo