युरोपेली प्रिमियम कार भारतमा सस्तो हुँदै, कर घटाउने निर्णयले बजार हल्लायो

युरोपेली प्रिमियम कार भारतमा सस्तो हुँदै, कर घटाउने निर्णयले बजार हल्लायो

केन्द्रबिन्दु
12
Shares

काठामाडौं । युरोपबाट आयात हुने प्रिमियम कार भारतमा अब सस्तो हुने संकेत देखिएको छ । भारत सरकारले युरोपियन युनियनबाट आयात हुने कारमा लाग्दै आएको ११० प्रतिशतसम्मको भारी कर घटाएर करिब ४० प्रतिशतमा झार्ने निर्णय गरेसँगै भारतीय अटोमोबाइल बजारमा ठूलो हलचल मच्चिएको छ । मिडिया रिपोर्टअनुसार, यो कर कटौती क्रमशः अझै घट्दै भविष्यमा १० प्रतिशतसम्म सीमित हुन सक्ने सम्भावना रहेको छ ।

भारतले कर कटौतीसँगै आयातमा कोटा पनि तोकेको छ। १५ हजार युरोभन्दा बढी मूल्यका कारमा मात्र यो सुविधा लागू हुने छ भने यस्ता कार अधिकतम २ लाख युनिटसम्म मात्र आयात गर्न पाइनेछ । यस कदमले एकातिर प्रिमियम सेग्मेन्टका कारलाई सुलभ बनाउने र अर्कोतिर बजारलाई अनियन्त्रित हुन नदिने सरकारको रणनीति देखिन्छ ।

कर घटेपछि फक्सवागन, रेनो, स्टेलान्टिस, अडी, बीएमडब्लु र मर्सिडिज–बेन्ज जस्ता युरोपेली ब्रान्डले भारतीय बजारमा आफ्नो उपस्थिति थप मजबुत बनाउने अपेक्षा गरिएको छ । यी ब्रान्डका लागि भारतमा स्थानीय उत्पादन सुरु गर्नु अघि आयातित कारमार्फत बजार परीक्षण गर्ने अवसर पनि खुल्नेछ ।

यद्यपि, घरेलु उद्योगलाई संरक्षण गर्न भारतले सावधानी अपनाएको छ। पहिलो पाँच वर्षसम्म विद्युतीय सवारी साधन (ईभी) लाई आयात शुल्क कटौतीको लाभ नदिइने सम्भावना रहेको छ, जसले स्वदेशी ईभी उत्पादकलाई राहत दिनेछ ।

Skip This
Skip This
Logo