महिन्द्राको नयाँ थार रक्स ‘स्टार एडिसन’ लन्च, सुरु मूल्य १६.८५ लाख

महिन्द्राको नयाँ थार रक्स ‘स्टार एडिसन’ लन्च, सुरु मूल्य १६.८५ लाख

केन्द्रबिन्दु
21
Shares

काठमाडौं। महिन्द्राले आफ्नो लोकप्रिय SUV थार रक्सको विशेष संस्करण ‘स्टार एडिसन’ लन्च गरेको छ। नयाँ एडिसन पेट्रोल र डिजेल दुवै भर्सनमा उपलब्ध हुनेछ। तीन भेरिएन्टमा आउने यो SUV को सुरुवाती मूल्य १६ लाख ८५ हजार भारु निर्धारण गरिएको छ।

नयाँ संस्करण चार आकर्षक रङ विकल्पमा उपलब्ध छ ट्याङ्गो रेड, एभरेस्ट ह्वाइट, स्टेल्थ ब्ल्याक र नयाँ सिट्रिन एल्लो। बाहिरी लुक्सलाई एग्रेसिभ बनाउन ग्लस ब्ल्याक ग्रिल र १९ इन्चका एलोय ह्विल राखिएको छ। साथै, सी पिलरमा विशेष संस्करण ब्याजह राखेर SUV विशिष्ट बनाइएको छ।

इन्टेरियरमा यस संस्करणमा ब्ल्याक लेदर अपहोल्स्ट्री, भेन्टिलेटेड फ्रन्ट सिट, प्यानोरामिक सनरुफ, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले सहित १०.२५ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, १०.२५ इन्च डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, र हर्मन कार्डन साउन्ड सिस्टम जस्ता फिचरहरू समावेश छन्।

इन्जिन विकल्पमा २.० लिटर टर्बो–पेट्रोल र २.२ लिटर डिजेल उपलब्ध छन्। दुबैमा ६ स्पीड अटोमेटिक ट्रान्समिसन सुविधा छ भने डिजेलमा ६ स्पीड म्यानुअल विकल्प पनि उपलब्ध छ।

विशेष संस्करणको आकर्षक डिजाइन र प्रिमियम फिचरले थार रक्सलाईSUV प्रेमीहरूको लागि अझ लोभलाग्दो बनाउने अपेक्षा गरिएको छ।

Skip This
Skip This
Logo