म्याग्दी। मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण गरी पञ्चैबाजा समूहले लोकबाजा सङ्ग्रहालय स्थापना गरेको छ। मालिका गाउँपालिकाको सहयोगमा दुईकोठे यस बाजाघरमा परम्परागत बाजा संरक्षण र तालिम सञ्चालन हुने बताइएको छ ।
समूहका अध्यक्ष रामबहादुर दर्जीले भवन निर्माणका लागि देउसीभैलो, चन्दा संकलन र अन्य स्रोतबाट जम्मा रु २ लाख २३ हजार खर्च भएको जानकारी दिए। गाउँपालिकाले यसमा रु ७ लाख ७६ हजार अनुदान उपलब्ध गराएको थियो।
बिम–मालिका सङ्घको सहयोगमा २०७७ सालका पहिरोपीडितका लागि खरिद गरिएको जग्गामा यो भवन निर्माण गरिएको हो।
गण्डकी प्रदेशका सांसद रेशमबहादुर जुग्जालीले बुधबार उद्घाटन गर्दै यस पहलको महत्वबारे चर्चा गरे। उनले परम्परागत बाजा संरक्षण, सांस्कृतिक पहिचान र युवामा संगीत र कला सिकाउने अवसर प्रदान गर्न यो सङ्ग्रहालय महत्वपूर्ण रहेको बताए सङ्ग्रहालयले स्थानीय कला र युवालाई सिक्ने अवसर दिने र समुदायको सांस्कृतिक पहिचान बलियो बनाउनेमा जुग्जालीले बताए ।
यो परियोजनाले लोककला संरक्षणसँगै स्थानीय समुदायको सांस्कृतिक विकासमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।





























प्रतिक्रिया