काठमाडाैं । जापानिज ब्रान्ड ब्रदर प्रिन्टरको नेपालका लागि आधिकारिक वितरक सागर ग्रुपले बजारमा नयाँ मोडलको प्रिन्टर ल्याएको छ । उक्त ग्रुपले ब्रदरको डीसीपी–टी८३०डीडब्लू मोडलको नयाँ प्रिन्टर बजारमा ल्याएको हो ।
डीसीपी–टी८३०डीडब्लू मोडलको प्रिन्टर एक मल्टिफङ्कसन इन्क ट्याङ्क प्रिन्टर हो यसले प्रिन्ट, स्क्यान र कपीका तीनवटा मुख्य कार्यहरू एउटैले गर्न सक्छ । यसको प्रिन्ट स्पीड कालो/सेतो (मोनो) मा १७ इमेजेस पर मिनेट अर्थात एक मिनेटमा रङ्गीनतर्फ १६ वटा फोटोहरु प्रिन्ट गर्न सक्छ । यसमा अटोमेटिक डुप्लेक्स फङ्कसन पनि छ, जसले दुवैतर्फी छापाइलाई सजिलो बनाउनुका साथै कागजको खपतलाई पनि ५० प्रतिशतसम्म घटाउँछ ।
त्यति मात्र होइन यस प्रिन्टरमा डुअल–ब्यान्ड वाईफाई २.४ गिगाहर्ज र ५.० गिगाहर्ज, डाइरेक्ट वाइफाई, इथरनेट, यूएसबी २.० र ब्लुटूथ जस्ता कनेक्टिभिटीका विकल्पहरू पनि छन् । यो प्रिन्टरले ब्रदर आइप्रिन्ट एण्ड स्क्यान एप, एअर प्रिन्ट, मोप्रियामार्फत मोबाइल प्रिन्टिङलाई पनि सपोर्ट गर्छ ।
यसको डिजाइन पनि उत्कृष्ट छ । १–लाइन एलसिडी प्यानल (२० क्यारेक्टर) ले सजिलो नेभिगेसन प्रदान गर्दछ, जबकि फ्रन्ट एक्सेस इन्क ट्याङ्कले इन्क रिफिललाई मेस–फ्री बनाउँछ । इन्क बोतलहरू अल्ट्रा–हाई यिल्डका छन् । कालो इन्कले १५ हजार पृष्ठहरू (दुई बोतलसहित) र प्रत्येक रङ्गीनले ५ हजार पृष्ठहरू सम्म छाप्छ । यसले प्रति पृष्ठ लागतलाई न्यून राख्दै दीर्घकालीन बचत सुनिश्चित गर्दछ ।
यो प्रिन्टरले छाप्ने मात्र होइन, यसले तपाईंको जीवनलाई सजिलो बनाउँछ । यसको इन्क ट्याङ्क सिस्टमले काट्र्रिज परिवर्तनको झन्झटबाट मुक्ति दिनुका साथै उच्च यिल्डले मासिक ५० देखि १ हजार पृष्ठहरूको रेकमेन्डेड भोलुमलाई ह्यान्डल गर्दछ । यो प्रिन्टरले पावर कन्जम्प्सन पनि निकै न्यून गर्दछ । अपरेटिङमा १७, स्लिपमा १.२ र अफमा ०.२ वाट बिजुली प्रयोग गर्ने यो प्रिन्टरले नोइज लेभल ५० डेसिबलको आवाजमा प्रिन्ट गर्छ ।
यो प्रिन्टर डिलरका साथै बेलियो डट कममा गएर विभिन्न मोडलका प्रिन्टरको फिचर हेरि खरिद गर्न सकिन्छ । यस्तै, ब्रदरले डीसीपी–टी४३०डब्लू, डीसीपी–टी५३०डीडब्लू र डीसीपी–टी७३०डीडब्लू मोडलको प्रिन्टर पनि बजारमा उपलब्ध रहेको छ । यदि तपाईं एक भरपर्दो प्रिन्टरको खोजिमा हुनुहुन्छ भने डीसीपी–टी८३०डीडब्लू मोडलको प्रिन्टर तपाईका लागि उत्कृष्ट रोजाई बन्न सक्छन् ।





























प्रतिक्रिया