प्राइम टायल्सले पायो नेपाल गुणस्तर मापदण्डको प्रमाणपत्र

प्राइम टायल्सले पायो नेपाल गुणस्तर मापदण्डको प्रमाणपत्र

केन्द्रबिन्दु
12
Shares

काठमाडाैं । नेपालको पहिलो र एकमात्र बीएनएसएम टायल कम्पनी प्राइम टायल्सले नेपाल गुणस्तर मापदण्ड (एनएस) को प्रमाणपत्र पाएको छ । नेपाल सरकारअन्तर्गतको नेपाल गुणस्तर तथा नापतौल विभागमार्फत कम्पनीले एनएस गुणस्तरको प्रमाणपत्र पाएको हो ।

नेपालको वाल र फ्लोर टायल क्षेत्रमा पहिलो तथा हालसम्मकै एकमात्र एनएस प्रमाणपत्र टायल कम्पनीको रूपमा आफ्नो पहिचान स्थापित गरेको कम्पनीले दाबी गरेकोछ।

यस प्रमाणपत्रले कम्पनीका उत्पादनहरू राष्ट्रिय गुणस्तर मापदण्डअनुसार परीक्षण, प्रमाणीकरण र स्वीकृत भएको औपचारिक पुष्टि गर्दछ। यो उपलब्धि कम्पनीको उच्च गुणस्तर, दीर्घकालीन टिकाउपन, सुरक्षित प्रयोग तथा आकर्षक डिजाइनप्रतिको प्रतिबद्धताको प्रमाण रहेको कम्पनीले जनाएको छ ।

प्राइम टायल्सका वाल तथा फ्लोर टायलहरू घर, कार्यालय तथा व्यावसायिक भवनहरूका लागि उपयुक्त मानिन्छन्।

प्रमाणपत्र प्राप्तिसँगै कम्पनीले नेपाली निर्माण सामग्री उद्योगमा गुणस्तर र विश्वसनीयताका नयाँ मापदण्डहरू स्थापित गरेको छ। प्राइम ब्रान्ड प्राइम सेरामिक्स प्राइभेट लिमिटेड द्वारा प्रवर्द्धित हो, जुन सन् २०२१ मा स्थापना भएको नेपालको अग्रणी सिरेमिक टायल उत्पादन कम्पनी हो।

रौतहट जिल्लाको बृन्दावन नगरपालिकामा अवस्थित अत्याधुनिक प्लान्टबाट फ्लोर र वाल टायल दुवै उत्पादन गर्ने नेपालकै एकमात्र उद्योगका रूपमा सञ्चालनमा छ। वार्षिक ४० लाख वर्ग मिटर उत्पादन क्षमता र ३ अर्ब रुपैयाँभन्दा बढीको लगानीसहित कम्पनीले छोटो समयमै बजारमा सशक्त उपस्थिति जनाएको कम्पनीले जनाएको छ।

Skip This
Skip This
Logo