पञ्चकन्या मन्दिर र च्याङ्ग्रे पोखरी पुनर्निर्माणका निम्ति रकम जुट्दै

पञ्चकन्या मन्दिर र च्याङ्ग्रे पोखरी पुनर्निर्माणका निम्ति रकम जुट्दै

केन्द्रबिन्दु
33
Shares

भोजपुर। पौवादुङमा गाउँपालिकामा अवस्थित च्याङ्ग्रे पोखरी तथा सोही स्थानमा रहेको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पञ्चकन्या देवी मन्दिरको संरक्षण, विकास तथा पुनर्निर्माणका लागि सहयोग जुट्न थालेको छ ।

पञ्चकन्या मन्दिर पुनर्निर्माणका लागि गरिएको सहयोग आह्वानअनुसार ललितपुरको धापाखेलस्थित जेम्स स्कुलका संस्थापक राजेश खड्काले मन्दिर निर्माणका लागि रु पाँच लाख नगद सहयोग प्रदान गर्नुभएको अध्यक्ष किरण राईले जानकारी दिए।

साथै च्याङ्ग्रे पोखरी परिसरमा ५० थान ‘आराम बेञ्च’ स्थापना गर्न सामाजिक सञ्जालमार्फत सहयोगको आह्वान गरिएकोमा एक हप्ताभित्रै लक्ष्य पूरा भएको उनले बताए ।

Skip This
Skip This
Logo