फेब्रुअरीका लागि दराजद्वारा २.२ सेलको घोषणा, ७० प्रतिशत छुट पाइने

फेब्रुअरीका लागि दराजद्वारा २.२ सेलको घोषणा, ७० प्रतिशत छुट पाइने

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । दराज नेपालले फेब्रुअरी महिनाको सुरुवात आफ्नै बहुप्रतीक्षित ‘२.२ फ्याबुलस फेब, टू गुड टू मिस !’ सेलमार्फत गर्ने तयारी रहेको घोषणा गरेको छ ।

यो अभियान फेब्रुअरी १ (माघ १८, २०८२) राति ८ बजे सुरु भई फेब्रुअरी ६ (माघ २३, २०८२) सम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ। अभियान अवधिभर, ग्राहकहरूले आकर्षक छुट, विशेष ब्रान्ड अफर्स तथा विशिष्ट शपिङ अनुभव संगाल्ने अवसर पाउनेछन् ।

२.२ सेल अवधिभर ग्राहकहरूले विभिन्न लोकप्रिय श्रेणीका उत्पादनहरूमा ७० प्रतिशत सम्मको फ्ल्याश सेल, ६० प्रतिशत सम्मको मेगा डिल्सका साथै छानिएका सामग्रीहरूमा निःशुल्क डेलिभरीको सुविधा लिन सक्नेछन्।

यस सेलका माध्यमबाट दराज च्वाइस च्यानललाई विशेष रूपमा प्रस्तुत गरिने तयारी रहेको छ । यसमा कम्पनीले एभ्रिडे लो प्राइस (ईडीपीएल) अवधारणासहित अपडेट गरिएको छ । स्वास्थ्य तथा सौन्दर्य, किराना लगायत दैनिक रूपमा आवश्यक पर्ने सामग्रीहरूलाई वर्षभरी नै किफायती मूल्यमा उपलब्ध गराउने उद्देश्यका साथ ईडीपीएल ल्याइएको हो ।

यसले सेल कुर्नु नपर्ने गरी भरपर्दो मूल्य र १–३ दिनभित्रको छिटो छरिटो डेलिभरी सुनिश्चित गर्छ । ग्राहकहरूले बाई ३ मा फर फ्रि शिपिंग अफर्सका साथै ४ वा बढी वस्तु खरिद गर्दा निःशुल्क उपहार पनि प्राप्त गर्न सक्नु हुनेछ ।

यसका अतिरिक्त, २.२ सेलमा अग्रणी ब्रान्डहरूका तर्फबाट विशेष साझेदारी अफरहरू पनि समाविष्ट रहेका छन् । प्लाटिनम पार्टनर सेटाफिलका तर्फबाट १० प्रतिशत सम्मको छुट, गोल्ड पार्टनर ब्राण्डहाउसका तर्फबाट ५० प्रतिशतसम्मको छुट सहित निःशुल्क डेलिभरी, तथा सिल्भर पार्टनरहरु नाइक र फ्न्सिराका तर्फबाट ६० प्रतिशतसम्मको छुट उपलब्ध हुनेछ ।

फेब्रुअरी १को राति ८ बजे सुरु हुने यस अभियानको प्रमुख आकर्षणका रुपमा रहेको क्रेजी फ्ल्याश सेल मार्फत सिमित स्टकमा सिमित अवधिका लागि मात्र उपलब्ध हुने आकर्षक अफरहरूसँगै, अभियान अवधिभर दैनिक फ्ल्याश सेल मार्फत छुट सहितका मूल्यमा विभिन्न अफरहरू पनि प्रस्तुत गरिनेछ । यसले उपभोक्ताहरुमा प्रत्येक दिन नयाँ उत्साह थप्ने दराजले आशा लिएको छ ।

अझ रोमाञ्चक कुरा के भने, २.२ फ्याबुलस फेब सेल अवधिभर रु. ३,००० वा सोभन्दा बढीको खरिद गर्ने एक जना भाग्यशाली ग्राहकले हालै सार्वजनिक गरिएको रेडमी नोट १५ फाइभजी (८ जीबी/२५६ जीबी) जित्ने अवसर पनि प्राप्त गर्नेछ ।

ग्राहकको विश्वासलाई थप मजबुत बनाउने सोचका साथ, बेष्ट प्राइस ट्याग भएका उत्पादनहरूमा दराजको २ गुणा मूल्यअन्तर फिर्ता ग्यारेन्टी सुविधा पनि लागू हुनेछ । यस सुविधा अन्तर्गत यदि नेपालभित्र कुनै अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन दराजमा भन्दा कम मूल्यमा भेटिएमा, लागू सर्तहरूअनुसार दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्नेछ ।

Skip This
Skip This
Logo