डिजेल र मट्टितेल महँगियो, हवाई इन्धन सस्तो

डिजेल र मट्टितेल महँगियो, हवाई इन्धन सस्तो

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । डिजेल र मट्टितेलको मूल्य बढेको छ। नेपाल आयल निगमले आज रातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य बढाएको हो।

भारतीय आयल कर्पोरेसनबाट आएको नयाँ मूल्य सूचीअनुसार आयात मूल्य बढेकाले निगमले मूल्य समायोजन गरेको जनाएको छ।

पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य भने हाललाई यथावत् राखिएको छ। आईओसीबाट पेट्रोल र ग्याँसको मूल्य बढेर आए पनि निगमले उपभोक्तामाथि तत्काल भार नपरोस् भनेर मूल्य नबढाएको हो।

यसैबीच हवाई इन्धनको मूल्य घटेको छ। आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाइएको छ। अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौँका लागि प्रति किलोमिटर अमेरिकी डलर ७ ले मूल्य घटाइएको छ ।

पोखरा र भैरहवामा भने हवाई इन्धन लागत बराबरको मूल्यमा बिक्री हुने निगमले जनाएको छ ।

Logo