काठमाडौं । रोयल इन्फिल्डले आफ्नो लोकप्रिय स्ट्रिट रोडस्टर मोटरसाइकल हन्टर ३५० पोखरामा औपचारिक रूपमा सार्वजनिक गरेको छ । काठमाडौंमा सफल लन्चपछि कम्पनीले पोखरास्थित आधिकारिक शोरुममार्फत गण्डकी प्रदेशका ग्राहकका लागि टेस्ट–राइड तथा बुकिङ सेवा सुरु गरेको हो ।
विश्वका शहरी जीवनशैलीबाट प्रेरित आकर्षक रङ संयोजन, सुधारिएको सस्पेन्सन प्रणाली तथा सहज एर्गोनोमिक डिजाइनसहितको बीएस सिक्स मापदण्डअनुसारको हन्टर ३५० (२०२५ संस्करण) पोखराका शहरी सडक र पहाडी भेग दुवैका लागि उपयुक्त रहेको कम्पनीको दाबी छ ।
यस मोटरसाइकलमा स्लिप–असिस्ट क्लच, १६० मिलिमिटर ग्राउण्ड क्लियरेन्स, डुअल च्यानल एन्टिलक ब्रेकिङ सिस्टम (एबीएस), एलईडी हेडलाइट, सुधारिएको सिट तथा ट्रिप नेभिगेटर जस्ता आधुनिक सुविधा समावेश गरिएको छ । यसमा जडान गरिएको ३४९ सिसी जे–सिरिज इन्जिनले दैनिक सवारीमा चुस्त, सहज र आरामदायी राइडिङ अनुभव दिने बताइएको छ ।
कम्पनीका अनुसार सन् २०२२ मा बजारमा आएदेखि हालसम्म विश्वभर ७ लाखभन्दा बढी राइडरले हन्टर ३५० रोजिसकेका छन् ।
रोयल इन्फिल्डका निर्देशक मेघ राज पौडेलले पोखरा जस्तो पर्यटन र साहसिक गतिविधिले भरिएको सहरका लागि हन्टर ३५० अत्यन्त उपयुक्त मोडेल भएको बताए । उनले भने, “पोखराको शहरी जीवनशैली र वरपरका पहाडी सडक दुवैमा हन्टर ३५० ले सहज र रमाइलो राइडिङ अनुभव दिनेमा हामी विश्वस्त छौँ। गण्डकी प्रदेशका राइडरहरूसँग अझ नजिकिन पाउँदा हामी उत्साहित छौँ।”
हन्टर ३५० को मूल्य
डुअल टोन संस्करण— रु. ४ लाख ९९ हजार ९ सय
सिंगल टोन संस्करण— रु. ४ लाख ९४ हजार ९ सय
पोखरास्थित रोयल इन्फिल्ड शोरुममा मोटरसाइकलको टेस्ट–राइड तथा तत्काल डेलिभरी सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
सन् १९०१ देखि उत्पादनमा रहेको रोयल इन्फिल्ड संसारकै सबैभन्दा पुराना मोटरसाइकल ब्रान्डमध्ये एक हो। ‘शुद्ध मोटरसाइकलिङ’ दर्शनका साथ कम्पनीले मध्यम क्षमताका प्रिमियम मोटरसाइकल उत्पादनमा विश्वव्यापी पहिचान बनाएको छ ।
ब्रान्डका प्रमुख मोडेलहरूमा हन्टर ३५०, क्लासिक ३५०, मेटिओर ३५०, हिमालयन ४५०, इन्टरसेप्टर ६५० लगायतका सिरिज समावेश छन् ।
आइचर मोटर्स लिमिटेड अन्तर्गत सञ्चालन हुँदै आएको रोयल इन्फिल्डले भारतभर २ हजारभन्दा बढी स्टोर तथा विश्वका ६५ भन्दा बढी देशमा आफ्नो सेवा विस्तार गरेको छ । कम्पनीका उत्पादन केन्द्रहरू भारतमा रहेका छन् भने नेपालसहित विभिन्न देशमा सीकेडी एसेम्बली सुविधा सञ्चालनमा छन् ।































प्रतिक्रिया