कैलाली । बैतडीमा बिहीबार भएको बस दुर्घटनामा ज्यान गुमाएका मृतक परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले जनही एक लाख रुपैयाँ मानवीय सहायता दिने निर्णय गरेको छ।
प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले मृतक परिवारको राहतसहित घाइतेको सरकारी अस्पतालमा उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने पनि निर्णय गरेको छ।
दुर्घटना पुर्चौंडी नगरपालिका–७ बडगाउँमा भएको थियो। सो बस बझाङतर्फ फर्किँदै थियो। दुर्घटनामा हालसम्म १३ जनाको मृत्यु भइसकेको छ भने ३५ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।





























प्रतिक्रिया