काठमाडौं। अन्तर्राष्ट्रिय स्तरको मोटरसाइक्लिङ इभेन्ट बबएमसी (ब्रदरहुड अफ बुलेटियर्स मोटरसाइक्लिङ कन्सोर्टियम) राइडर मेनिया २०२७ को आयोजक नेपाल हुने भएको छ । फोरे नेपाल अर्थात फ्रेन्ड्स अफ रोयल इन्फिल्ड नेपालको आयोजनामा पहिले पनि सो इभेन्ट भएकोमा २०२७ को आयोजक पनि फोरे नेपाल हुने भएको हो ।
भारतको प्रतिष्ठित राइडिङ इभेन्ट मानिने बबएमसी राइडर मेनिया यो भन्दा पहिले पनि सन् २०२० मा पोखराको पामेमा भएको थियो । अब दोस्रो पटक फेरि नेपालमै हुन लागेको हो । आफूहरुले यसका लागि हालै स्वीकृति पाएको र नेपाल फर्किरहेको फोरे नेपालका अध्यक्ष सुनिल मानन्धर (डायमन्ड) ले बताए । यसका लागि नयाँ थिम ‘चलो नेपाल दोबारा’ समेत तय गरिएको छ ।
विश्वको प्रतिष्ठित इभेन्ट भएको र यसमा करिव २ हजार भन्दा बढी रोयल इन्फिल्ड राइडरहरु सहभागी हुने मानन्धरको भनाइ छ । नेपालमा सो इभेन्ट हुने मिति र स्थान तथा अन्य थप जानकारी पछि सार्वजनिक गरिने उनको भनाइ छ ।
बबएमसी राइडर मेनिया प्रत्येक वर्ष आयोजित हुन्छ । विशेषगरी रोयल इन्फिल्ड बाइक राइडर सहभागी हुने उक्त राइडर भेलामा क्लासिक, भिन्टेज तथा एड्भेन्चर बाइक राइडर समेत सहभागी हुनेछन् ।





























प्रतिक्रिया