काठमाडौं। हुन्डाई स्यान्ट्रोले नेपाल प्रवेश गरेको २५ वर्ष पूरा गरेको छ। सन् १९९९ मा हुन्डाई इन्डियाले सार्वजनिक गरेको यो मोडेल छिट्टै नेपाल आइपुगेको थियो, जहाँ त्यसबेला साना गाडीको बजारमा जापानी ब्रान्डहरूको बलियो प्रभाव थियो।
स्यान्ट्रो नेपाल हुन्डाईको पहिलो निर्यात बजारसमेत बनेको थियो। दैनिक प्रयोगका लागि उपयुक्त डिजाइन, सहज ड्राइभिङ र मर्मतसम्भारमा सजिलो भएकाले यसले छोटो समयमै नेपाली ग्राहकबीच छुट्टै पहिचान बनायो।
त्यतिबेला साना ह्याचब्याक गाडीप्रति रहेको धारणा स्यान्ट्रोले बदलिदियो। सानो आकारकै गाडी पनि भरपर्दो, आरामदायी र पारिवारिक आवश्यकताअनुसार उपयुक्त हुन सक्छ भन्ने विश्वास यसले स्थापित ग¥यो। यही आधारमा हुन्डाईले नेपालमा आफ्नो उपस्थिति विस्तार गर्दै लगेको मानिन्छ।
हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलका अनुसार २५ वर्षे यात्राले केवल एक मोडेलको सफलता मात्र होइन, ग्राहकसँग बनेको दीर्घकालीन भरोसालाई पनि प्रतिनिधित्व गर्छ।
यस अवसरमा हुन्डाई इन्डिया र हुन्डाई नेपालको सहकार्यमा सन् २००० मोडल वर्षका स्यान्ट्रो प्रयोगकर्ताहरूलाई कम्पनीसँग सम्पर्क गर्न आग्रह गरिएको छ। छनोटमा परेका ग्राहकलाई विशेष सरप्राइज प्रदान गरिने कम्पनीले जनाएको छ।





























प्रतिक्रिया