घट्यो सुनचाँदीको मूल्य,कतिमा भइरहेछ त कारोबार ?

घट्यो सुनचाँदीको मूल्य,कतिमा भइरहेछ त कारोबार ?

केन्द्रबिन्दु
24
Shares

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य पनि सामान्य रुपमा कम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ सय रुपैयाँ कायम भएको छ। मंगलबार यो मूल्य ३ लाख १ हजार ९ सय रुपैयाँ थियो, जसमा १ हजार ५ सय रुपैयाँले कमी आएको हो।

सुनको मूल्य प्रतिदस ग्राम पनि घटेर २ लाख ५७ हजार ५ सय ४५ रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिन २ लाख ५८ हजार ८ सय ३० रुपैयाँ थियो।

चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ८० रुपैयाँ कायम भएको छ, मंगलबार यो मूल्य ४ हजार ८ सय ८५ रुपैयाँ थियो। प्रतिदस ग्राम चाँदीको मूल्य ४ हजार १ सय ८४ रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिन ४ हजार १ सय ८८ रुपैयाँ थियो।

Skip This
Skip This
Logo