काठमाडौं। लक्ष्मी ई–मोबिलिटी प्रालिले फोर्थिङ ब्रान्डअन्तर्गतको प्रिमियम इलेक्ट्रिक एसयूभी ‘फ्राइडे’का लागि नयाँ बिक्री योजना सार्वजनिक गरेको छ। ‘एक्सचेन्ज एन्ड अपग्रेड टु फ्राइडे’ नाम दिइएको यो अफर सीमित अवधिका लागि लागू हुनेछ।
कम्पनीका अनुसार यस योजनामार्फत ग्राहकले पुरानो सवारी साटेर नयाँ फोर्थिङ फ्राइडे ईभी खरिद गर्दा ७ लाख रुपैयाँसम्मको लाभ लिन सक्नेछन्। योजनामा एक्सचेन्ज बोनस, पुरानो गाडीको उचित मूल्यांकन तथा नयाँ गाडी खरिदमा तुरुन्तै पाइने नगद छुट समावेश गरिएको छ।
यससँगै सुरक्षित यात्रालाई ध्यानमा राख्दै अटो प्लस इन्स्योरेन्स सुविधा पनि प्रदान गरिनेछ। कम्पनीले सडक करको व्यवस्था, निःशुल्क स्पेयर टायर र एसी चार्जर उपलब्ध गराउने जनाएको छ। ग्राहकका लागि सरप्राइज गिफ्टको व्यवस्था समेत राखिएको छ।
फोर्थिङ ब्रान्ड चिनियाँ सरकारी स्वामित्वको प्रमुख अटोमोबाइल समूह डोङफेङ मोटर ग्रुपअन्तर्गतको सहायक कम्पनी डोङफेङ लिउझोउ मोटरद्वारा सञ्चालित हो। नेपालमा यस ब्रान्डको आधिकारिक बिक्रेता लक्ष्मी ई–मोबिलिटी प्रालि हो।
कम्पनीका अनुसार यो योजना नेपाली ग्राहकलाई प्रिमियम इलेक्ट्रिक मोबिलिटी अनुभवतर्फ आकर्षित गर्ने उद्देश्यले ल्याइएको हो। इलेक्ट्रिक सवारीतर्फ बढ्दो चासोलाई लक्षित गर्दै फोर्थिङ फ्राइडे ईभीलाई अपग्रेड विकल्पका रूपमा अघि सारिएको कम्पनीले जनाएको छ।





























प्रतिक्रिया