उद्योग वाणिज्य महासंघमा ढकाल समूहले बनायो प्यानल, सोमबार उमेदवारी घोषणा

उद्योग वाणिज्य महासंघमा ढकाल समूहले बनायो प्यानल, सोमबार उमेदवारी घोषणा

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ वार्षिक साधारण सभामा नयाँ नेतृत्व चयनका लागि चुनावी दौड औपचारिक रूपमा सुरु भएको छ ।

चैत २८ र २९ गते हुने सभाबाट निर्वाचित हुने नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ विधानअनुसार स्वतः अध्यक्ष बन्ने छन् भने बाँकी पदहरूमा प्रतिस्पर्धा हुनेछ । यही सन्दर्भमा महासंघका वर्तमान वस्तुगत उपाध्यक्ष हेमराज ढकालको प्यानलले सोमबार औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्ने भएको छ ।

ढकाल स्वयं वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिन लागेका छन् ।

ढकालको प्यानलबाट एसोसिएयट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा उमेश डालमिया र कल्पना गैरे तथा वस्तुगत उपाध्यक्षमा नरेश लाल श्रेष्ठ उम्मेदवार बन्न लागेका हुन् । कमला श्रेष्ठलाई महिला उपाध्यक्षको उम्मेदवारको रुपमा अघि सारिएको छ । ज्योत्सना श्रेष्ठ हाल पनि एसोसिएट उपाध्यक्ष छिन् । उमेश डालमिया हाल ब्यापार मेला कमिटिका संयोजक हुन् भने कल्पना गैरे कार्यसमिति सदस्य हुन् ।

नरेश लाल श्रेष्ठ हाल निर्यात प्रबर्दन कमिटिका संयोजक हुन् हुने कमला श्रेष्ठ महिला उद्यमी विकास कमिटिकी संयोजक हुन् ।

महासंघको संशोधित विधानअनुसार यसपटक पहिलो पटक दुई जना जिल्ला–नगर उपाध्यक्ष चयन हुने व्यवस्था गरिएको छ । ढकाल समूहले यसलाई समावेशी र व्यापक प्रतिनिधित्वको रूपमा अघि सारेको छ । निजी क्षेत्रको सबैभन्दा प्रभावशाली संस्थाको नेतृत्व चयनका लागि सुरु भएको यो दौडले आगामी दिनमा थप रोचक मोड लिने देखिन्छ ।

Skip This
Skip This
Logo