नेपालमा दुई पाङ्ग्रे प्रयोगकर्ताका लागि ‘स्वीच टू टियागो डट इभी ’ अभियान सुरु

नेपालमा दुई पाङ्ग्रे प्रयोगकर्ताका लागि ‘स्वीच टू टियागो डट इभी ’ अभियान सुरु

केन्द्रबिन्दु
12
Shares

काठमाडौं। नेपालमा इलेक्ट्रिक सवारीप्रतिको आकर्षण बढ्दै गएको बेला, टाटा मोटर्सका नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले चार पाङ्रे सवारीतर्फ स्विच गर्न चाहने दुई पाङ्ग्रे प्रयोगकर्ताका लागि नयाँ अभियान सुरु गरेको छ।

‘स्वीच टू टियागो डट इभी ’अभियान अन्तर्गत ग्राहकहरूले आफ्नै बाइक वा स्कुटर साटेर नयाँ टाटा टियागो इभी सहज रूपमा खरिद गर्न सक्नेछन्। जुनसुकै ब्रान्डको बाइक वा स्कुटर लिएर शोरूम पुगेमा आकर्षक मूल्यांकनसहित नयाँ टियागो इभी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। अभियान अन्तर्गत टाटा टियागो इभी मासिक मात्र रु १७,७१३ मा इ एम आई सुविधा उपलब्ध रहेको छ, जसले बाइक प्रयोगकर्तालाई सुरक्षित, किफायती र पारिवारिक यात्रातर्फ अपग्रेड हुने अवसर प्रदान गर्दछ।

टियागो इभीले वर्सा वा प्रदूषणजन्य वातावरणबाट हुने समस्याबाट मुक्त गर्न एयरब्याग, स्थिरता नियन्त्रण, बन्द क्याबिन जस्ता सुविधासहित सुरक्षित यात्रा सुनिश्चित गर्दछ। यसमा ५ जनासम्म यात्रा गर्न सकिने क्षमता छ र दैनिक आवतजावत तथा पारिवारिक भ्रमणका लागि उपयुक्त बनाइएको छ। पेट्रोलको तुलनामा सस्तो र मर्मत खर्च न्यून भएकोले लामो समयका लागि स्मार्ट वित्तीय निर्णयको विकल्प पनि हो। प्रिमियम फिचरहरूले यात्रालाई अझ स्मार्ट, सुगम र आरामदायी बनाउँछन्।

सिप्रदीको नेपालभरको इभी सञ्जालमार्फत ग्राहकहरूले चार्जिंग, सर्विस तथा मर्मत सुविधा लिन सक्ने व्यवस्था गरिएको छ। ग्राहकहरूले नजिकैको टाटा मोटर्स शोरूममा गएर आफ्नै बाइकको मूल्यांकन गराई टियागो इभीको टेस्ट ड्राइभ लिन सक्नेछन्।

टाटा मोटर्सले यस अभियानमार्फत नेपालमा इभी रूपान्तरणलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरेको छ। थप जानकारीका लागि देशभरका टाटा मोटर्स शोरूममा सम्पर्क गर्न सकिन्छ।

Logo