इनड्राइभको ‘काठमाडौँ क्लिन एयर डायलग’ : नीति-समन्वय र कार्यान्वयनमा जोड

इनड्राइभको ‘काठमाडौँ क्लिन एयर डायलग’ : नीति-समन्वय र कार्यान्वयनमा जोड

केन्द्रबिन्दु
6
Shares

काठमाडौं। इनड्राइभले ‘काठमाडौँ क्लिन एयर डायलग’ आयोजना गर्दै काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषणको समस्या समाधानका लागि विभिन्न सरोकारवालालाई एउटै मंचमा ल्याएको छ। कार्यक्रममा सरकारी नेतृत्व, विषय विज्ञ, अनुसन्धान संस्था, नागरिक समाज र निजी क्षेत्रका अग्रणी प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमको मुख्य उद्देश्य वायु प्रदूषणलाई साझा जिम्मेवारीको रूपमा स्वीकार गर्दै नीति–समन्वय, तथ्यमा आधारित निर्णय र ठोस कार्ययोजनामा अगाडि बढ्नु रहेको आयोजक इनड्राइभ नेपालले जनाएको छ। सहभागीहरूले हालको वायु गुणस्तर, प्रदूषणका प्रमुख स्रोत, विद्यमान नीति–कार्यक्रमको प्रभावकारिता र कार्यान्वयन चुनौतीहरूबारे गहन छलफल गरेका थिए।

काठमाडौँ क्लिन एयर डायलोगले सरकारी निकाय, विकास साझेदार, अनुसन्धान संस्था र निजी क्षेत्रबीच प्रभावकारी समन्वय संयन्त्र स्थापना गर्ने लक्ष्य राखेको छ। कार्यक्रममा वायु प्रदूषण न्यूनीकरणका लागि नवप्रवर्तन, प्रविधिको प्रयोग र विद्युतीय तथा दिगो यातायात प्रणालीको विस्तारमार्फत निजी क्षेत्रलाई सक्रिय गराउने वातावरण सिर्जना गर्ने प्रयास गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा वन तथा वातावरण मन्त्री माधव चौँलागाईंले सरकारले हालसम्म गरेका प्रगतिहरूलाई उल्लेख गर्दै आगामी दिनमा अझ तीव्र, समन्वित र परिणाममुखी कार्यको आवश्यकता औँल्याए। उनले साझा लक्ष्यका लागि विभिन्न सरोकारवालालाई एउटै मंचमा ल्याउन इनड्राइभ र एएआईको पहलको प्रशंसा गरेका छन्।

Logo