काठमाडौं। जेसीबी कन्स्ट्रक्सन तथा हेभी इक्विपमेन्टको नेपालका लागि एकमात्र आधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स प्रालिले अन्तर्राष्ट्रिय स्तरमा पुनः सफलता हासिल गरेको छ।
कम्पनीले जेसीबी वार्षिक डिलर कन्फरेन्स २०२६ मा लगातार चौथो वर्ष ‘डिलर अफ द इयर – साउथ एसिया रिजन’ अवार्ड जित्न सफल भएको हो। चार वर्ष लगातार यस क्षेत्रीय स्तरको शीर्ष उपाधि जित्नु कम्पनीको ऐतिहासिक उपलब्धिको रूपमा हेरिएको छ।
यो अवार्ड १८ फेब्रुअरीमा श्रीलंकामा आयोजित वार्षिक जेसीबी डिलर सम्मेलनमा प्रदान गरिएको थियो। एमएडब्लू अर्थमुभर्सका अध्यक्ष विष्णु कुमार अग्रवालले जेसीबी इन्डिया लिमिटेडका सीईओ तथा प्रबन्ध निर्देशक दीपक शेट्टीबाट सम्मान ग्रहण गरेका छन्। कार्यक्रममा सीईओ तेज प्रसाद सुवेदी र सीओओ (रिटेल सेल्स) दुर्गा प्रसाद निरौलाको पनि उपस्थिती थियो।
कम्पनीका अनुसार, ‘डिलर अफ द इयर’ अवार्ड उत्कृष्ट बिक्री, बजारमा बलियो उपस्थिति र ग्राहक सन्तुष्टिको आधारमा प्रदान गरिन्छ। अत्यन्त प्रतिस्पर्धात्मक बजारमा पनि एमएडब्लू अर्थमुभर्सले नेपालको हेभी इक्विपमेन्ट क्षेत्रमा अग्रणी स्थिति कायम राख्न सफल भएको छ।
एमएडब्लू ग्रुप अफ कम्पनीजका एमडी तथा चेयरम्यान विष्णु कुमार अग्रवालले यस उपलब्धिलाई नेतृत्व क्षमता, काम गर्ने शैली र ग्राहकको विश्वासको प्रमाण भएको बताए। उनले भने, “यो सम्मान देश निर्माणमा जुट्नुभएका सम्पूर्ण निर्माण समुदायलाई समर्पित छ। सडक, पुल, जलविद्युत आयोजना, विमानस्थल र स्मार्ट सिटी निर्माणमा योगदान गर्ने प्रत्येक उद्यमी र पेसाकर्मी यस सम्मानका हकदार छन्। लगातार चौथो वर्ष यो उपाधि जित्नुले उत्कृष्ट मेसिनरी र सेवामार्फत नेपालको विकासलाई गति दिने हाम्रो अठोट अझ सुदृढ बनाएको छ।”
यो उपलब्धिले एमएडब्लू अर्थमुभर्सको नेपालमा पूर्वाधार विकास र राष्ट्रिय समृद्धिमा योगदान दिने लक्ष्यलाई अझ बलियो बनाएको छ।































प्रतिक्रिया