काठमाडौं। टोयोटाले आफ्नो नयाँ मिड-साइज इलेक्ट्रिक एसयूभी अर्बन क्रुजर एबेला भारतमा चाँडै लन्च गर्ने तयारी गरेको छ। यो मोडल लामो दूरी, आधुनिक प्रविधि र प्रिमियम सुविधासहित बजारमा प्रतिस्पर्धा गर्ने लक्ष्य राख्दछ।
अर्बन क्रुजर एबेला दुई ब्याट्री विकल्पमा उपलब्ध हुनेछ -४९ किलोवाट आवर र ६१ किलोवाट आवर। दुवै ब्याट्री अगाडिको एक्सल मोटरसँग जोडिएको छ। ४९ किलोवाट ब्याट्रीले १४२ बीएचपी पावर र ६१ किलोवाट ब्याट्रीले १७१.५ बीएचपी पावर तथा १८९ एनएम टर्क उत्पादन गर्नेछ। यसमा स्ट्यान्डर्ड एसी चार्जिङ र डीसी फास्ट चार्जिङ सीसीएस२ सुविधा पनि उपलब्ध हुनेछ।
एसयूभी मा १०.२५ इन्च डिजिटल ड्राइभर डिस्प्ले र १०.१ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ। टप भेरिएन्टमा भेन्टिलेटेड फ्रन्ट सिट, एम्बियन्ट लाइटिङ, प्यानोरामिक ग्लास रूफ, वायरलेस चार्जिङ र प्रिमियम जेबीएल साउन्ड सिस्टम जस्ता सुविधाहरू छन्।
सेफ्टीको लागि यसमा ७ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र बलियो बडी स्ट्रक्चर उपलब्ध छन्। टप ई३ भेरिएन्टमा एडाप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ असिस्ट, कोलिजन मिटिगेशन ब्रेकिङ, ब्लाइन्ड स्पट अलर्ट र ३६० डिग्री क्यामेरा जस्ता फिचर पनि छन्।
डिजाइनका हिसाबले यो एसयूभी शार्प र स्पोर्टी लुक भएको छ, तर केही विशेष स्टाइलिङ एलिमेन्टले यसलाई फरक बनाउँछ। यसमा एलईडी लाइटिङ, १८ इन्च अलोय ह्विल, फराकिला ह्विल आर्च र ड्युअल टोन रङ विकल्प उपलब्ध छन्।
कम्पनीको दाबी अनुसार, एसयूभी फुल चार्जमा ५४३ किलोमिटर सम्मको रेन्ज दिनेछ। ब्याट्रीमा ८ वर्षको वारेन्टी दिइएको छ। अनुमानित मूल्य १६ लाख ५० हजार भारु रहेको कम्पनीले जनाएको छ।































प्रतिक्रिया