हेटौडा। हेटौडाको बाइपास रोडस्थित कफिबार नजिक ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ सञ्चालनमा आएको छ। फागुन १० गतेदेखि सुरु भएको मेला फागुन १५ गतेसम्म चल्नेछ।
मेलामा ग्राहकले नागरिकताको आधारमै बजाज मोटरसाइकल फाइनान्स गर्न सक्ने व्यवस्था गरिएको छ। कम्पनीका अनुसार बाइक खरिद गर्दा आवश्यक पर्ने लालपुर्जा, पानी–बिजुलीको बिल वा आयस्रोत प्रमाणपत्र जस्ता कागजात यस योजनामा आवश्यक पर्दैनन्। किस्ताबन्दीमा बाइक किन्न चाहनेले करिब एक घण्टाभित्रै लोन स्वीकृत गराएर बाइक लिन सक्नेछन्।
मेलामा जुनसुकै कम्पनीका पुराना बाइक वा स्कुटर साट्न सकिनेछ। पुरानो सवारीको मूल्यांकनका लागि विशेष भ्यालुएटर खटाइएको छ र ग्राहकले अधिकतम मूल्य पाउने कम्पनीले जनाएको छ। साथै थप ८ हजार रुपैयाँसम्म बोनस भ्यालुएसन, शून्य सर्भिस चार्ज र आकर्षक छुटको सुविधा पनि उपलब्ध छ।
बजाजका नयाँ मोडल सजिलै किन्न सकिने यस योजनालाई कम्पनीले नेपालकै ठूलो एक्सचेन्ज अभियानका रूपमा अघि सारेको जनाएको छ।





























प्रतिक्रिया