राँझा। भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत तरिकाले भूमि दिलाइदिने भन्ने हल्ला र भ्रममा नपर्न सबैलाई आग्रह गरेको छ।
जिल्ला समितिका अध्यक्ष घननाथ खनालका अनुसार, बाँकेको कोहलपुर नगरपालिकालगायत क्षेत्रमा मुगु र जाजरकोटबाट आएका मानिसहरूमार्फत अनधिकृत रूपमा भूमि दिलाउने गतिविधि बढेको जनगुनासो आएको छ। उनले बताए, आयोगले विगतदेखि भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीका सबै निवेदन नियमानुसार दर्ता गरी कार्यसम्पादन गर्दै आएको छ।
खनालले भने, “अनधिकृत रूपमा मानिसहरुलाई सम्पर्कमा ल्याएर भूमि दिलाउने प्रयास गर्नु गलत हो। यसका पछाडि नलाग्न अनुरोध गर्दछौं।”
कोहलपुर नगरपालिका क्षेत्रमा बिहीबार यस्तो गतिविधि देखिएको थियो। आयोगले सरोकारवालालाई सम्बन्धित स्थानीय तहको भूमि शाखा वा आयोगको जिल्ला समितिसँग मात्र सम्पर्क गर्न सुझाएको छ।





























प्रतिक्रिया