‘ग्लोबल मनी वीक’को अवसरमा नबिल बैंकद्वारा टङ्गाल माविमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

‘ग्लोबल मनी वीक’को अवसरमा नबिल बैंकद्वारा टङ्गाल माविमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा नबिल बैंक लिमिटेड, मालिगाउँ शाखाले काठमाडौंको टङ्गालस्थित श्री टङ्गाल माध्यमिक विद्यालयमा वित्तीय साक्षरता प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रममा विद्यालयको कक्षा १० देखि प्लस टु सम्मका ५० भन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

बालबालिका तथा किशोरकिशोरीहरूमा वित्तीय ज्ञान र चेतना अभिवृद्धि गर्ने उद्देश्यले नबिल बैंकले हरेक वर्ष ग्लोबल मनी वीकको सन्दर्भमा यस्ता सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

कार्यक्रममा मालिगाउँ शाखाका प्रमुख उत्सव श्रेष्ठले बैंकिङ साक्षरता सम्बन्धी मुख्य प्रस्तुति दिएका थिए । कार्यक्रममा शाखाका सम्बन्ध अधिकृत कृपा दाहाल र सञ्चालन इन्चार्ज कपिला लामिछानेको समेत उपस्थिति रहेको थियो। प्रशिक्षकहरूले विद्यार्थीहरूलाई बचतको महत्व, बैंकिङ प्रणालीको सही प्रयोग, डिजिटल भुक्तानीका माध्यमहरू र सुरक्षित वित्तीय व्यवहारका बारेमा विस्तृत जानकारी गराएका थिए।

कार्यक्रमका वक्ताहरूले आधुनिक समयमा डिजिटल बैंकिङ, मोबाइल वालेट र अनलाइन कारोबारको प्रयोग तीव्र रूपमा बढ्दै गएकाले युवापुस्तामा सही वित्तीय ज्ञान हुनु अनिवार्य रहेको बताए। साथै, विद्यार्थीहरूलाई पैसाको सही व्यवस्थापन, नियमित बचत गर्ने बानी र डिजिटल माध्यमको सुरक्षित प्रयोगका उपायहरूबारे पनि सचेत गराइएको थियो।

सहभागी विद्यार्थीहरूले यस प्रशिक्षणबाट प्राप्त ज्ञानले भविष्यमा सही आर्थिक निर्णय लिन र सुरक्षित बैंकिङ कारोबार गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। नबिल बैंकले समुदायमा वित्तीय साक्षरता फैलाउने अभियानलाई आगामी दिनमा पनि निरन्तर रूपमा अगाडि बढाउने जानकारी दिएको छ।

Skip This
Skip This
Logo