नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

केन्द्रबिन्दु
30
Shares

पर्वत। सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत नगरपालिकाको बजेटसहित रु नौ करोड २ लाखमा नगरपालिकाको ४२ कोठे भवन निर्माण भएको छ ।

नगरपालिकाका इन्जिनियर प्रवीण गौतमका अनुसार फलेवास–५ झकलकमा स्थानीयले निःशुल्क उपलब्ध गराएको ६० रोपनी आठ आना जग्गामा चारतले भवन निर्माण भएको हो ।

रङरोगन, झ्याल–ढोका जडान र साजसज्जाको काम सकेर विद्युत् ‘वाइरिङ’ जारी रहेको नगरपालिकाका नगरप्रमुख गङ्गाधर तिवारीले जानकारी दिएका छन्। तिवारीले नयाँ भवनबाट यथाशीघ्र सेवा प्रवाह गर्ने तयारी भएको बताएका छन् । तिवारीले भने“नयाँ बर्षसंगै नयाँ भवनबाट सेवा प्रवाह गर्नेछौं। ”

यस्तै उपप्रमुख शोभाकुमारी क्षेत्रीले पुरानो भवनबाट भन्दा सुविधासम्पन्न नयाँ भवनबाट सेवा प्रवाहमा सहजता आउने बताइन् ।

Logo