राजेश हमालको नाम बेचेर १२ लाख भन्दाबढी झ्वाम्

राजेश हमालको नाम बेचेर १२ लाख भन्दाबढी झ्वाम्

गाउँपालिका अध्यक्षसहित ४ जनामाथि भ्रष्टाचार मुद्दा

केन्द्रबिन्दु
21
Shares

काठमाडौं। चर्चित अभिनेता राजेश हमाललाई जोडेर फिल्म निर्माण गर्ने बहानामा सार्वजनिक रकम दुरुपयोग गरेको आरोपमा अख्तियारले अछामको ढकारी गाउँपालिका नेतृत्वसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, लेखापाल विमल साउद तथा दुई संस्थाका प्रतिनिधि रामजी लम्सालबीचको मिलेमतोमा प्रक्रिया मिचेर बजेट खर्च गरिएको आरोप छ । ‘अन्धपथ’ नामक चलचित्र निर्माणका नाममा बजेट विनियोजन नै नगरी सिधै सम्झौता गरिएको र प्रतिस्पर्धा बिना रकम भुक्तानी गरिएको आयोगले जनाएको छ ।

अख्तियारका अनुसार सार्वजनिक खरिद नियमावलीको ठाडो उल्लंघन गर्दै १५ लाखभन्दा बढीको सोझै खरिद गरिएको, बैंक जमानत नलिई पेश्की दिइएको र नक्कली बिलमार्फत थप खर्च देखाइएको जस्ता अनियमितता भेटिएका छन् ।

समग्रमा करिब १२ लाखभन्दा बढी रकमको दुरुपयोग पुष्टि भएको भन्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । सार्वजनिक पदको आडमा योजना बनाएर बजेटलाई व्यक्तिगत र संस्थागत स्वार्थमा प्रयोग गरिएको भन्दै कडा कानुनी कारबाहीको माग गरिएको छ ।

Skip This
Skip This
Logo